अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी एकता जोगाउन अध्यक्षविरुद्ध हस्ताक्षर गरिन : योगेश भट्टराई

पार्टी एकता जोगाउन अध्यक्षविरुद्ध हस्ताक्षर गरिन : योगेश भट्टराई


काठमाडौं- नेकपा एमाले नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन विपक्षी गठबन्धनबाट नयाँ सरकारका लागि प्रस्तुत भएको दाबीमा हस्ताक्षर नगरेको बताउनुभएको छ ।

उहाँले कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले हस्ताक्षर नगरेको बताउनुभयो ।

‘पार्टी एकता जोगियोस् भन्नेमा म गम्भीर छु । यसका लागि म लागि पनि रहेको छु,’ नेता भट्टराईले फेसबुकमा लेख्नुभएको छ ।

नेता माधवकुमार नेपाल समूहका अन्य सांसदहरूले भने शेरबहादुर देउवाको पक्षमा उभिएको बताइएको छ ।