भक्तपुर– एमाले युवा तथा एवं पूर्वमन्त्री महेश बस्नेतले संसद थारो गाई जस्तै भएको बताउनुभएको छ ।
‘निकाश दिन नसक्ने, वैकल्पिक सरकार दिन नसक्ने, कानुन बनाउन नसक्ने, सदन थारो गाई जस्तै भएको थियो । यसको विकल्प नयाँ जनमतबाट बन्ने नयाँ सदन नै हो । यो रहँदासम्म दलहरुको बीचमा अन्तरबिरोध बढ्ने, आपसी द्वन्द्व बढ्ने, अनेक विकृति र बिसंगति बढ्ने अवस्था रहिरहने स्थिति थियो,’ उहाँले भन्नुभयो, ‘सरकारले गत पौष ५ गते गरिएको संसद विघटन सर्वोच्च अदालतको फागुन ११ गतेको फैसलाले अन्य विकल्पको खोजी गर्ने म्यान्डेट दिएकोले संबिधानको धारा ७६ का सबै अभ्यास गरियो ।’
हिजोको धारा ७६(५) को पछिल्लो अभ्यास त झन उदेक लाग्दो देखिएको उहाँको भनाइ छ । ‘पार्टी फोर्ने, बिधि पद्दति उल्घंन गर्ने, गराउने,सत्ता लिप्साको लागि किर्ते हस्ताक्षर गराउने जस्ता अपराधिक हर्कत समेत देखियो । यो परिवेशमा सरकरले संसद बिघटन गरी कातिक २६ र मंसिर ३ मा गर्ने चुनावमा लाग्नु हामी सबैको हितमा छ,’ उहाँको भनाइ छ ।
बस्नेतले केही जनमत गुमेका, जनतामा नगएका र आगामी निर्वाचनमा हारिने डर भएका, अनि बौद्धिक खेति गरेर जीविकोपार्जन गरिरहेका, र डलर खेती गर्नेहरुले यसको विरोध गरिरहने बस्नेतले बताउनुभयो । ‘महादेवले सती देवीको लास बोकेर हिडेको जस्तो विघटित संसद बोकेर हिडिरहने छ्न् । काग गराउँदै गर्छ पिना सुक्दै गर्छ । कुकुर भुक्दै छ हात्ती लम्कदैछ । सबै जना मिलेर निर्वाचनको अभियनमा लगौं,’ उहाँले भन्नुभयो ।







प्रतिक्रिया