काठमाडौँ- पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै संसद विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव गर्नुलाई व्यवस्था नै कू गर्ने अग्रसरता हो भन्नुभएको छ ।
उहाँको भनाइ यस्तो छ-
षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !







प्रतिक्रिया