अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा विघटनविरुद्ध रणनीति बनाउन विपक्षी गठबन्धन छलफलमा

प्रतिनिधिसभा विघटनविरुद्ध रणनीति बनाउन विपक्षी गठबन्धन छलफलमा


काठमाडौं- प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणाविरुद्ध रणनीति बनाउन विपक्षी गठबन्धनको बैठक बस्दैछ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको सर्वपक्षीय बैठक बस्न लागेको बताइएको छ ।

बैठक संसद् भवनको ल्होत्से हलमा बस्न लागेको छ ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी गठबन्धनकातर्फबाट शेरबहादुर देउवाले प्रस्तुत गरेको दाबी विधिसम्मत नभएको भन्दै खारेज गर्दै मन्त्रिपरिषदको सिफारिसमा मध्यावधि घोषणा गर्नुभएको थियो ।