अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु


झापा । झापाको गौरादह नपा-४ को एक बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । सङ्क्रमणबाट गौरादह-४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उहाँकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदेखि उहाँ त्यस अस्पतालमा उपचारत हुनुहुन्थ्यो ।

यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियोे । वैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो ।

विवाह भएको केही दिनमै बेहुला सन्तोष, उहाँकी नवदुलही, आमासहित पाँचजनाको पूरै परिवारलाई सङ्क्रमण देखिएको थियो ।

त्यस्तै, सन्तोषकी श्रीमतीको समेत कोसी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताउनुभयो ।

बिहे कार्यमा असवाधानी हुँदा ताजपुरिया जनमा सङ्क्रमण सरेको हुनसक्ने उहाँले बताउनुभयो । योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।