अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय पद्धतिको खिल्ली उडाउने काम भयो : देउवा

संसदीय पद्धतिको खिल्ली उडाउने काम भयो : देउवा


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ ७ गते विकसित घटनाक्रमप्रति आफ्नो पार्टीको गम्भीर ध्यान आकृष्ट भएको बताउनुभएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै देउवाले यस्तो आरोप बताउनुभएको हो । उहाँले सरकार गठनपछि निरन्तर गैरसंवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको वेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भइरहेको समेत आरोप लगाउनुभएको छ ।

सभापति देउवाले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई निजी सम्पत्तिका रूपमा आफू अनुकूल प्रयोग गरिरहेको समेत उल्लेख गर्नुभएको छ ।

‘राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेका छन्,’ देउवाले विज्ञप्तिमा लेख्नुभएको छ, ‘प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिश गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, संविधान बमोजिम नियुक्त गर्नु पर्ने म प्रतिनिधि सभाका सदस्यलाई नियुक्त गर्नु पर्ने र दावी नै गर्न नमिल्ने माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कार्य हुन् ।’

देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट भई कार्य गर्न पनि आह्वान गर्नु भएको छ ।