अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक

माओवादी केन्द्रले बोलायो स्थायी समिति बैठक


काठमाडौं- नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । बैठक ३ बजेका लागि बैठक बोलाएको स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

गएराति प्रतिनिधिसभा विघटन गरिएसँगै फेरि नेपालको राजनीतिमा तरंग आएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो चरणको निर्वाचन २०७८ साल कात्तिक २६ गते र दोस्रो चरणको निर्वाचन मंसिर ३ गते सम्पन्न गर्नेगरी मिति तोक्नुभएको छ ।