अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बादललाई हराउन सहयोग गर्ने एमालेका १४ सांसदलाई २४ घण्टे स्पष्टिकरण

बादललाई हराउन सहयोग गर्ने एमालेका १४ सांसदलाई २४ घण्टे स्पष्टिकरण


काठमाडौं- राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा (बादल)लाई हराउन सक्रिय भूमिका खेल्ने १४ जना प्रदेश सांसदलाई कारबाही हुने भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरममणि पौडेलको अध्यक्षतामा आज बसेको संसदीय बोर्डको बैठकले १४ जनासँग २४ घण्टे स्पष्टिकरण माग्नेसमेत निर्णय गरेको छ ।

प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाका अनुसार आफ्नै पार्टीका उम्मेवारलाई पराजित गर्न अगुवाई गरेको भन्दै १४ जना प्रदेश सभा सदस्यलाई आइतबार साँझ ५ बजेसम्म स्पष्टिकरण पेश गर्न भनिएको छ ।

स्पष्टिकरण अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जना रहेका छन् ।

सरकारविरुद्ध गतिविधि गरेको र चुनावमा पार्टीलाई हराउन भूमिका खेलेको कारण कारवाही किन नगर्ने भनी स्पष्टिकरण मागिएको बताइएको छ ।

स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यहरू माधव नेपाल पक्षका नेता अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र अरुण नेपालसहित १४ जना रहेका छन् । प्रदेशसभामा ५६ जना एमाले सांसदमध्ये माधव पक्षमा २१ जना थिए ।

स्पष्टिकरण सोधिएका सांसद

अष्टलक्ष्मी शाक्य

राजेन्द्रप्रसाद पाण्डे

अरुणप्रसाद नेपाल

बसन्तप्रसाद मानन्धर

रचना खड्का

कृष्णप्रसाद शर्मा खनाल

शान्तिप्रसाद पौडेल

मुनु सिग्देल

ईन्द्रमाया गुरुङ

मीना ज्ञवाली

बसुन्धरा हुमागाईं

लक्ष्मण लम्साल

कुसुमकुमार कार्की

पार्वती सिलवाल