अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रजातन्त्र सेनानी सदुवा किसानको निधन

प्रजातन्त्र सेनानी सदुवा किसानको निधन


काठमाडौं- प्रजातन्त्र सेनानी सदुवा किसानको निधन भएको छ । प्रजातन्त्रवादी नेता किसानको ६८ वर्षको उमेरमा आज निधन भएको हो । किसान समुदायका एक मात्रै प्रजातन्त्र सेनानी मेचीनगर निवासी हुनुहुन्थ्यो ।

प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण किसानलाई पञ्चायती सरकारले उहाँलाई सात वर्ष जेल हालेको थियो । विसं २०२९ देखि २०३६ सम्म चन्द्रगढी जेलमा बन्दी जीवन बिताएका किसानको घरबाट १२ थान हतियार (बन्दुक) बरामद गरिएको थियोे । हतियारसहित पक्राउ परेका उहाँलाई हतियार ओसारपसार तथा भण्डार तथा राज्यद्रोहको मुद्दा लगाइएको थियोे ।

झापा मेचीनगर नगरपालिका–१० किसान बस्तीका बासिन्दा सिके प्रसाईं (रामबाबु), कुलबहादुर (केबी) गुरुङ, तुर्सा हेमरमका सहयात्री उहाँ गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाका विश्वास पात्र मानिँदै आउनुभएको थियो ।

भूविक्रम नेम्वाङसँगै कांग्रेसले चलाएको सशस्त्र आन्दोलनमा उहाँ सरिक व्यक्ति भएको बताइन्छ ।