काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय परिस्थितिमा झण्डै दुई तिहाई बहुमतसहितको कम्युनिस्ट आन्दोलन सिध्याउने प्रयास भएको बताउनुभएको छ ।
पुष्पकमल दाहाल र माधवकुमार नेपालको नाम नलिई प्रधानमन्त्रीले बालुवाटारमा शनिबार भएको कार्यक्रममा भन्नुभयो, ‘प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिमा झण्डै दुई तिहाई पुर्याइएको आन्दोलनलाई फुटाइयो । जब नेता बिक्छन् आन्दोलनलाई सिध्याउन उद्दत हुन्छन् ।’
प्रमुख प्रतिस्पर्धामा रहेको नेपाली कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउन आफ्नै दलको सरकार गिराउन हिँडेको भन्दै प्रधानमन्त्री ओलीले नेता नेपालको आलोचना गर्नुभयो । ‘जुन दलसँग प्रतिस्पर्धा गरियो, आफ्नो दलको सरकार गिराएर त्यही दलको नेतालाई प्रधानमन्त्री बनाउन हिँडेका छन्,’ उहाँले भन्नुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा अहंकारी बन्ने र ‘म’ भन्ने भावना बढ्दै गएकोमा प्रधानमन्त्रीले चिन्ता व्यक्त गर्नुभयो ।
नेकपा विघटनको प्रसंग उल्लेख गर्दै उहाँले अदालतले अर्काको नाममा भएको दर्ता खारेज गर्दै १५ दिनभित्र दल दर्ताका लागि बोलाए पनि अस्वीकार गर्दै अदालतलाई अपजस लगाइएको बताउनुभयो ।







प्रतिक्रिया