अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाले राष्ट्रपतिलाई प्रयोग गरेको भाषाप्रति प्रधानमन्त्रीको आपत्ती

देउवाले राष्ट्रपतिलाई प्रयोग गरेको भाषाप्रति प्रधानमन्त्रीको आपत्ती


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्तीमा प्रयोग गरेको भाषामा आपत्ती जनाउनुभएको छ ।

बालुवाटारमा आज आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देउवाले राष्ट्रपतिलाई तिनी, उनी जस्ता होच्याउने शब्द प्रयोग गरिएकोमा आपत्ती जनाउनुभएको हो ।

‘मैले शेरबहादुर देउवाजीको विज्ञप्ती पढें । त्यहाँ राष्ट्रलाई अत्यन्त निकृष्ट भाषा प्रयोग गरिएको रहेछ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘राष्ट्रपतिका ठाउँमा राजा थिए भने उहाँहरु कस्तो भाषा प्रयोग गर्नुहुन्थ्यो होला ?’

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाललाई देउवाले राजनीतिक गुरु मान्दा उहाँको भाषा पनि बिग्रिएको बताउनुभएको छ । ‘पुष्पकमलजीले २०६३ साल देखि तल्लो स्तरको र घृणा फैलाउने भाषा प्रयोग गर्नुहुन्छ देउवाजीले पनि त्यही सिको गर्न थाल्नु भएछ ।’

देउवाद्वारा जारी गरिएको विज्ञप्ति :