अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको स्थायी कमिटी बैठक सुरू

एमालेको स्थायी कमिटी बैठक सुरू


काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ ।

प्रतिनिधिसभा विघटन र नयाँ चुनावको मिति तोकिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो । बैठकले अहिलेको राजनीतिक परिस्थितीको विष्लेषण गर्ने बताइएको छ ।

यसैगरी, माधव नेपाललगायत हिजो शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने सांसदहरूलाई कारबाही गर्ने तयारी छ ।

कतिपयले हिजो हस्ताक्षर गर्ने सबै २६ जनालाई नै कारबाही हुने बताएका छन् । तर, एक जना स्थायी समिती सदस्यले भने बढीमा १२ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही हुने नेपाली बहस डट कमलाई जानकारी दिनुभयो ।