अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सेती अस्पतालमा आज ५ सय ३८ जनामा कोरोना पुष्टि

सेती अस्पतालमा आज ५ सय ३८ जनामा कोरोना पुष्टि


कैलाली- पछिल्लो २४ घण्टामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक हजार एकमा नमूना परीक्षण गर्दा ५ सय ३८ मा भाइरस पुष्टि भएको छ ।

अस्पतालमा शुक्रबार दुई सय २९ र बिहीबार चार सय ६४ मा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार २४ घण्टाको अवधिमा अस्पतालतमा तीन र गोदावरी नगरपालिकामा चार सङ्क्रमितको निधन भएको थियो ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-८ का ५८ वर्षीय पुरुष, धनगढी-२ का ६५ वर्षीय पुरुष, धनगढी-१२ का ४२ वर्षीय पुरुष र गोदावरी -४ का ३५ वर्षीय पुरुष रहेका छन् ।

अस्पतलामा मात्रै हालसम्म एक सय ४५ को मृत्यु भइसकेको अस्पतालले जनाएको छ । अस्पतालमा हाल एक सय तीन सङ्क्रमित उपचाररत छन् ।