अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज ८९८० मा कोरोना पुष्टि, ८८४८ जना संक्रमणमुक्त

आज ८९८० मा कोरोना पुष्टि, ८८४८ जना संक्रमणमुक्त


काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित हुनेको कुल सङ्ख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।

गत २४ घण्टामा ८ हजार ८४८ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै ३ लाख ८३ हजार ६ सय ८४ कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको दर ७५.८ प्रतिशत रहेको छ।

त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडका कारण १२९ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ ।