अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचनमा जाने प्रधानमन्त्रीको कदमको अनेरास्ववियुद्वारा स्वागत (विज्ञप्तिसहित)

निर्वाचनमा जाने प्रधानमन्त्रीको कदमको अनेरास्ववियुद्वारा स्वागत (विज्ञप्तिसहित)


काठमाडौं- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको दाजा जनादेशमा जाने कदको स्वागत गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले प्रधानमन्त्रीको निर्वाचनमा जाने कदमको स्वागत गरेको हो ।

‘अस्थिरतामा मुलुकलाई बन्धक बनाउनुभन्दा ताजा जनादेशका लागि जनताको सामु जाने प्रधानमन्त्रीको संवैधानिक कदमको अनेरास्ववियु हार्दिक स्वागत गर्दछ,’ अध्यक्ष ऐन महरद्वारा जारी विज्ञप्ति भनिएको छ ।

साथै, अनेरास्ववियुले कोरोना संक्रमण नियन्त्रणमा सम्पूर्ण शक्ति केन्द्रित गर्न पनि सरकारसँग माग गरेको छ ।

‘कोभिड महामारीबाट जनतालाई जोगाउन तत्काल कोभिड भ्याक्सिन सहज उपलब्ध गराउन जोडदार माग गर्दै स्वास्थ्य उपचारमा रहनुभएका सम्पूर्ण कोभिड विरामीको आवश्यक औषधि उपचार, अक्सिजनलगायत सम्पूर्ण स्वास्थ्य सामग्रीहरूको सहजताको निम्ति राज्यका सबै शक्ति केन्द्रित गरी नियन्त्रणमा लिन अनेरास्वविय नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।