अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस पूर्वप्रमुख सचेतकको देउवालाई सन्देश, ‘दलीय व्यवस्थामा एमालेका मान्छेको हस्ताक्षर लिनु कलंक’

कांग्रेस पूर्वप्रमुख सचेतकको देउवालाई सन्देश, ‘दलीय व्यवस्थामा एमालेका मान्छेको हस्ताक्षर लिनु कलंक’


काठमाडौं– नेपाली कांग्रेसका पूर्वप्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले दलीय व्यवस्थामा संस्थागत निर्णयबिना एमालेका मान्छेको हस्ताक्षर लिनु कलंक भएको टिप्पणी गर्नुभएको छ ।

सभापति शेरबहादुर देउवालाई संक्षिप्त पत्र लेख्दै घिमिरेले ठूलो राजनीतिक भूल गरेको उल्लेख गर्नुभएको छ । ‘नेकपा एमाले माधव नेपाल समूहका २७ जना सांसदको हस्ताक्षर सहित १४९ सांसदहरूका हस्ताक्षर लिएर तपाईं राष्ट्रपतिजीकाहाँ प्रधानमन्त्री पदका लागि दरखास्त हाल्न जानुभयो र राष्ट्रपति भण्डारीजीले तपाईंलाई प्रम पदमा मनोनित गरिदिने अपेक्षा राख्नु भयो, यो ठूलो राजनीतिक भूल थियो,’ घिमिरेले भन्नुभएको छ, ‘पार्टी नफुटिकन कसरी तिनिहरूले तपाईंको पक्षमा मतदान गर्न सक्थे ? फेरि दलीय संसदीय परिपाटीमा विश्वास राख्ने नेपाली कांग्रेस पार्टीले यस्तो निर्दलीय चरित्रलाई प्रशय दिनु आफैंमा पार्टीलाई एउटा कलंक पनि हो ।’

घिमिरेले यसैलाई नजिर बनाएर भोलिका दिनहरूमा कांग्रेसका केही सांसदहरूलाई अरुले प्रयोग गरेमा के आधारमा विरोध गर्ने भन्द्र प्रश्न गर्नुभएको छ । उहाँले स्मरण गराउनुभएको छ, ‘फेरि २०५० सालमा सरकारको नीति र कायक्रम संसदबाट नेपाली कांग्रेसका ३६ सांसदको अनुपस्थितिले गर्दा पारित हुन नसकी देशलाई मध्यावधि निर्वाचनमा धकेलेको पिडाले बिग्रिएको नेपालको राजनीतिले अझै पनि स्थिरता पाउन सकेको छैन । जानिफकार आफैं हुनुहुन्छ ।’