अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ दल दर्ताका लागि माधव गुटका नेताद्वारा आयोगमा निवेदन दर्ता

नयाँ दल दर्ताका लागि माधव गुटका नेताद्वारा आयोगमा निवेदन दर्ता


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ ।

आयोगमा माधवकुमार नेपाल गुटका युवा नेताहरूले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । जीवन राईको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ताका लागि आयोगमा निवेदन दर्ता भएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगमा वैशाख ७ गते निवेदन दर्ता भएको हो ।

जीवन राई अध्यक्ष प्रस्तावित भएर नेकपा एकीकृतको नाममा दल दर्ताका लागि परेको निवेदनमा २५ जना केन्द्रीय सदस्य र पदाधिकारी रहने उल्लेख रहेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।