काठमाडौं- नेकपा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद् सचिवालयबाट लिएको गाडी फिर्ता गर्नु भएको छ ।
प्रतिनिधि सभा विघटन भएपछि जिम्मेवारीबाट मुक्त भएसँगै उहाँले गाडी फिर्ता गर्नु भएको हो ।
‘शुक्रवार मध्यरातमा प्रतिनिधि सभा विघटन भएपछि आज कार्यालय समय सुरू हुनासाथ गाडी फिर्ता गरें,’ चौधरीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
संसद् सचिवालयले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई गाडी र इन्धन सुविधा दिने गरेको छ ।







प्रतिक्रिया