अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिलिन्डर र अक्सिजनको समस्या लगभग समाधान भइसक्यो : प्रधानमन्त्री ओली

सिलिन्डर र अक्सिजनको समस्या लगभग समाधान भइसक्यो : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचारका लागि चाहिने सम्पूर्ण सामग्रीको व्यवस्थापन भइरहेको बताउनुभएको छ ।

आज बालुवाटारमा प्रेस चौतारी नेपालनिकट पत्रकारसँगको अन्तरक्रियामा उहाँले संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिन, भेन्टिलेटरलगायत सामग्रीको लगभग व्यवस्थापन भइसकेको बताउनुभएको हो ।

‘जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने सरकारको नीति हो । सिलिन्डर र अक्सिजनको समस्या समाधान भइसकेको छ । साथै, भेन्टिलेटर अभावको पनि लगभग समस्या हल भइसकेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

स्वास्थ्य सामग्रीको उपलब्धतासँगै नेपालमा कोरोना संक्रमण दर घट्ने उहाँले बताउनुभयो । साथै, प्रधानमन्त्री ओलीले तत्काल जनतालाई खोप उपलब्ध गराउन रुस, बेलायत, अमेरिका, भारत, चीनलगाउत देशसँग कुराकानी भइरहेको समेत बताउनुभयो ।