अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको बोली सुनेर आश्चर्य लागेको छ : प्रधानमन्त्री ओली

कांग्रेसको बोली सुनेर आश्चर्य लागेको छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आवेग र उत्तेजनाको राजनीति नगर्न आग्रह गर्नुभएको छ । बालुवाटारमा आज पत्रकारसँगको कुराकानीमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस उत्तेजना र आवेगमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले कांग्रेस प्रचण्डलाई गुरु थापेर अगाडि बढिरहेको समेत आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले कांग्रेसका नेताहरूले वर्तमान सरकारले गरेको निर्वाचनमा भाग नलिने भनेर दिएको अभिव्यक्ति सुन्दा आश्चर्य लागेको समेत बताउनुभयो ।