अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुद्धिजिवीलाई प्रधानमन्त्रीको प्रश्न : अनुचित कुराको विपक्षीमा किन चुइक्क बोल्न सक्नुहुन्न?

बुद्धिजिवीलाई प्रधानमन्त्रीको प्रश्न : अनुचित कुराको विपक्षीमा किन चुइक्क बोल्न सक्नुहुन्न?


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक समाजवका अगुवाहरूले अनुचित कुराहरूको विपक्षीमा बोल्न नसकेको बताउनुभएको छ ।

वालुटावरमा आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले अनुचित कुराहरूलाई पनि बुद्धिजिवीले लोकतन्त्रमा स्वीकार हुन सक्दैनन् भनेर बोल्न नसकेको बताउनुभएको हो ।

‘नागरिक समाजका मूधर्न्य हौँ भन्ने बुद्धिजिवी साथीहरूलाई पनि भन्न चाहन्छु । अनुचित कुराहरूको विपक्षीमा किन चुइक्क बोल्न सक्नुहुन्न ? यस्ता कुरा लोकतन्त्रमा स्वीकार हुन सक्दैनन् भनेर किन भन्न सक्नुहुन्न?,’ प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो ।

उहाँले केही बुद्धिजिवीहरू न्वारानदेखिको बल लगाएर बुद्धि र प्रतिष्ठाको दुरुपयोग गरिरहेको समेत बताउनुभयो । सबैको निष्ठा लोकतन्त्र, संविधानप्रति हुनेपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।