अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान सरकारले गरेको निर्वाचन सर्वोत्कृष्ट ठहरिनेछ : प्रधानमन्त्री ओली

वर्तमान सरकारले गरेको निर्वाचन सर्वोत्कृष्ट ठहरिनेछ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो मध्यावधि निर्वाचन शान्तिपूर्ण हुने बताउनुभएको छ ।

आज बालुवाटारमा पत्रकारसँगको अन्तरक्रियामा उहाँले आफ्नो नेतृत्वको वर्तमान सरकारले आगामी निर्वाचन उत्कृष्ट तरिकाले सम्पन्न गर्ने बताउनुभएको हो ।

‘मेरो नेतृत्वमा निर्वाचन गर्दा बेलकुल शान्तिपूर्ण वातावरणमा निर्वाचन हुनेछ । स्वतन्त्र, निक्ष्पक्ष ढंगले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवेक्षक सामेल गरेर निर्वाचन गरिनेछ, वर्तमान सरकारले गरेको निर्वाचन सर्वोत्कृष्ट ठहरिनेछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सरकारले पहिलो चरणको निर्वाचन आउँदो कात्तिक २६ र दोस्रो चरणको निर्वाचन मंसिर ३ गते हुने घोषणा गरिसकेको छ ।