अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ७९१४ संक्रमित थपिँदा ७६६४ जना डिस्चार्ज

देशभर आज ७९१४ संक्रमित थपिँदा ७६६४ जना डिस्चार्ज


काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १८ हजार ९६५ जनाको पीसीआर र ९३१ जनाको एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना देखिएको हो ।

त्यस्तै, यस अवधिमा ७ हजार ६६४ जना कोरोनाबाट निको भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १९३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । हाल देशभर १ लाख १५ हजार ५४७ जना सक्रिय संक्रमित छन् ।

संक्रमितमध्ये १ हजार ७२१ जना आईसीयूमा छन्, तिमध्ये ४८४ जना भेन्टिलेटरको सहायतामा उपचाररत छन् ।