अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभरका स्वास्थ्यकर्मीलाई निःशुल्क ‘भ्वाइस कल’ सेवा दिने निर्णय

देशभरका स्वास्थ्यकर्मीलाई निःशुल्क ‘भ्वाइस कल’ सेवा दिने निर्णय


काठमाडौं- नेपाल टेलिकमले स्वास्थ्यकर्मीलाई एक महिनाका लागि निःशुल्क भ्वाइस कल सेवा दिने निर्णय गरेको छ ।

कोरोना महामारीमा सङ्क्रमणको परवाह नगरेर फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिस्ट लगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि धन्यवाद स्वास्थ्यकर्मी अफरअन्तर्गत एक महिना सित्तैमा भ्वाइस कल सेवा दिने भएको हो ।

यससम्बन्धी सम्झौतामा आज नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद्/नेपाल नर्सिङ परिषद्/नेपाल फर्मासिस्ट परिषद्/नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषदबीच हस्ताक्षर भएको छ ।

यस अफरअन्तर्गत देशभरका स्वास्थ्यकर्मीले प्रयोग गरिरहनुभएको आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्ट पेड-प्रिपेड सिम कार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने छ र स्वास्थ्यकर्मीले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गरिनेछ । पोस्ट पेड मोबाइलको हकमा भने नियमअनुसार लागू हुने रेन्टल चार्ज कायमै रहनेछ ।

स्वास्थ्यकर्मीको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषद्हरू (नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिस्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्) ले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराएपछि यो अफर उपलब्ध गराइने छ ।