अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशसभाको बैठक आह्वान

बागमती प्रदेशसभाको बैठक आह्वान


हेटौँडा- बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा बागमती प्रदेशसभाको आठौं अधिवेशन यही जेठ १६ गते दिउँसो ३ बजेका लागि आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति, कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्ने क्रममा बैठक डाक्न सिफारिस गरेअनुसार आजै प्रदेश प्रमुख प्रसाईले बैठक आह्वान गर्नुभएको बागमती प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिनुभयो ।

प्रदेशसभाको सातौं अधिवेशन बैठक गत वैशाख ९ गते अन्त्य गरिएको थियो ।