अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यसपालिको बजेट कोरोना नियन्त्रणमुखी : प्रधानमन्त्री ओली

यसपालिको बजेट कोरोना नियन्त्रणमुखी : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यसपालिको बजेट कोरोना नियन्त्रणमा केन्द्रित हुने बताउनुभएको छ । बालुवाटारस्थित निवासमा आज पत्रकारसँगको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

‘यसपालि विकास बजेटको निरन्तरताबाहेक अरू ठूला विकासका आयोजना बढाउन सकिँदैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसपालि बजेटको ठूलो हिस्सा कोरोना नियन्त्रणमा केन्द्रित हुनेछ ।’

उहाँले राजनीतिक परिदृष्य र कोरोना महामारीलाई जोडेर हेर्न नमिल्नेसमेत बताउनुभयो । ‘राजनीतिक गति आफ्नो ढंगले अघि बढ्छ तर सरकार कोरोना नियन्त्रणका लागि सबै निकायहरूलाई उपयोग गरेर अघि बढ्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले सरकार रोग सर्न नपाओस्, सरे पनि फैलन नपाओस् र रोगै लाग्न नदिन खोप सबै नागकिरले पाउन् भन्ने योजनाका साथ अघि बढेकोसमेत स्पष्ट पार्नुभयो ।