अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकतासम्बन्धी अध्यादेशमा कस्तो छ व्यवस्था? (पूर्ण पाठसहित)

नागरिकतासम्बन्धी अध्यादेशमा कस्तो छ व्यवस्था? (पूर्ण पाठसहित)


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता (पहिलो संशोधन), २०७८ आज जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गर्नुभएकाे नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ मा‘जन्मसिद्ध’ (जन्मको आधारमा नागरिकता लिएका) नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने प्रावधान अध्यादेशमा राखिएकाे छ ।

बाबुको पहिचान नभएका सन्तानलाई आमाको नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा राखिएकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जन्मसिद्ध नागरिकका सन्तानले बावुआमा दुवै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नागरिकता पाउने गरि अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दुई वर्षदेखि प्रतिनिधि सभामा विचाराधीन छ । हाल प्रतिनिधि सभा विघटन भएकाले सरकारले अध्यादेशमार्फत विभिन्न प्रावधानकाे व्यवस्था गरेकाे हाे ।

अध्यादेशमा यस्तो छ व्यवस्था :