अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘कुनै पनि देशले महामारीको पूर्वतयारी गरेको हुँदैन’

‘कुनै पनि देशले महामारीको पूर्वतयारी गरेको हुँदैन’


आज देश जसरी जसरी कोभिड–१९ बाट अत्यन्तै भयावह ढंगले आक्रान्त भइरहेको अवस्था छ । हाम्रो देश मात्रै होइन, विश्व नै आक्रान्त भइरहेको अवस्था छ । यस्तो अवस्थामा देशका सम्पूर्ण राजनीतिक शक्तिहरु अरु सानामसिना कुराहरु छोडेर, अरु राजनीतिक प्रश्नहरुका झमेलाहरु छोडेर जनताका समस्या समाधान गर्नेतर्फ अगाडि लाग्नु पर्ने हो । तर, गतवर्ष जब कोभिड देखापर्‍यो तबदेखि नै सरकार केही व्यक्तीहरु परिवर्तनका खेल, व्यक्ति नै पिच्छेका महत्वकांक्षा र आग्रह, आफ्ना कुण्ठा र आकांक्षाहरुलाई मात्र महत्व दिने र त्यस्तो कुराहरुलाई अग्रभागमा राखेर देश र जनताले भोगिरहेका समस्याबाट ध्यान अन्यत्र मोड्न खोजे । राजनीतिप्रति, लोकतान्त्रिक प्रणाली र अभ्यासप्रति नै जनताको वितृष्ण बढ्नेगरी अवाञ्छित, अस्वस्थ्य क्रियाकलाप गर्ने प्रवृतिहरु हामीले जेल्दै आयौं । जतिबेला हामीले कोभिडका विरुद्ध आफ्ना प्रयासहरु केन्द्रीत गर्नुपर्ने हो, कोभिडका विरुद्ध केन्द्रित गर्नुभन्दा समस्या खडा गरिएका, यही मौकाको पाइदा लिएर सरकारका राम्रा उपलब्धिपूर्ण कामहरुलाई ओझेलमा पार्ने, चरित्र हत्या गर्ने, अत्यन्तै असभ्य तरिका अपनाइयो । म फेरि दोहोर्‍याएर भन्छु, आश्चर्य लाग्दो कुरा हो । सामन्तवादी कुसंस्कारको त्योभन्दा अवाञ्छित प्रभाव के होला ? जहाँ हामी गणतन्त्रको माखोल उडाइरहेका छौं भने त्योभन्दा बढी लोकतन्त्रको, लोकतान्त्रिक प्रणालीको प्रक्रियाको माखोल उडाइरहेका छौं भने त्योभन्दा बढी नराम्रो कुरा के हुनसक्छ ?

जहाँ हामी गणतन्त्रको माखोल उडाइरहेका छौं भने त्योभन्दा बढी लोकतन्त्रको, लोकतान्त्रिक प्रणालीको र प्रक्रियाको माखोल उडाइरहेका छौं । त्योभन्दा बढी नराम्रो कुरा के हुनसक्छ ?

यो बेला अरु राजनीतिक झमेलाहरु, गालीगलौज, चरित्रहत्या जस्ता स्तरहीन कुराहरु अपशब्द यस्ता कुराहरुलाई सामाजिक संस्कार र संस्कृति बनाउन खोज्ने प्रयास यो देशका निम्ति नै, हाम्रो गौरवपूर्ण सभ्यताका निम्ति नै एउटा चुनौती हो, दुखद् पक्ष हो यो । म सबैलाई, आह्वान गर्न चाहन्छु हामी हाम्रो सम्पूर्ण राष्ट्रिय सामर्थ्य, सरकारको, राजनीतिक दलहरुको, नागरिक समाज सबैको अहिले कोभिड–१९ विरुद्धको हाम्रो लडाइँमा केन्द्रित गरौं । महामारी भनेको एउटा नियमित प्रक्रिया होइन । अचानक आइलाग्ने कुरा हो । आजको विश्वलाई सन् २०१९ को अन्त्यबाट एउटा भयानक खत्तरनाक भाइरस देखापर्‍यो । जसलाई कोभिड–१९ भन्ने गरियो । त्यसले विश्वलाई नै आफ्नो लपेटामा लियो । के धनी, के गरिब, के अगाडि बढेका, के पछाडि परेका, के विकसित, के अविकसित सबै देशहरु, सबै राष्ट्रहरु सबै भूभाग आक्रान्त भए, कोही पनि अछुतो रहेन । यस्तो अवस्थामा पूर्व तयारी नहुनु स्वभाविक कुरा हो । त्यसैकारण यो महामारी हो । यसमा पूर्वतयारी वा हामीसँग भइरहेका कहीँ पनि मौजुद रहेका सामग्रीहरु वा सामर्थ्यहरु वा औषधिहरु अपर्याप्त हुनु स्वभाविक हो । त्यसैकारण यो महामारी हो । र, यस्तो महामारीका बेला अर्याप्तता हुन्छ, अन्यन्त्र पनि हुन्छ, विकसित देशहरुमा पनि भयो । अस्पतालभन्दा बाहिर पाल टाँगेको हामीले देख्यौं । अक्सिजन नभएर, बेड नभएर, भेन्टिलेटर नभएर, औषधि नभएर, घरैमा तातो पानी खाएर बस भनेर विकसित देशहरुले भन्नुपर्‍यो । शव व्यवस्थापन विकसित राष्ट्रहरुलाई पनि ठूलो समस्याको रुपमा आइपर्‍यो ।

मानिसहरुको निधन हुनुभन्दा पहिले शव व्यवस्थापनका लागि खाल्डा खनेर ठिक पारिराख्नु पर्ने र त्यो ठूलो संख्यामा त्यस्ता कामहरु गरिराख्नु पर्ने अवस्थामा विश्व गयो । त्यसको असर स्वभाविक रुपमा हाम्रो जस्तो स्वास्थ्य सामर्थ्य कम रहेको देशमा त्यसको नकारात्मक असर पर्नु अथवा त्यो हाम्रो मौजुदा सामर्थ्य भन्दा बाहिर रहनु अस्वभाविक होइन । तर, हामीले त्यसलाई व्यवस्थापन गर्‍यौं । हामीले ठिकै विधि अपनायौं । शुरुमै लकडाउन गर्‍यौ नत्र पहिलो पल्ट हामी नराम्रोसँग आक्रान्त भइसक्थ्यौं । त्यसबाट जोगिन हामीले लकडाउनको विधि, सामाजिक दूरीको विधि, मास्क लगाउन सिकाउने कुरा, हात धुन सिकाउने कुरादेखि थुप्रै कुरा हामीले कडाइका साथ कार्यान्वयन गर्दै गयौं । जसले गर्दा त्यो धेरै विकराल ढंगले फैलिन सकेन । अलिक हामीले नियन्त्रण नै गर्‍यौं ।

के धनी, के गरिब, के अगाडि बढेका, के पछाडि परेका, के विकसित, के अविकसित सबै देशहरु, सबै राष्ट्रहरु सबै भूभाग आक्रान्त भए, कोही पनि अछुतो रहेन । यस्तो अवस्थामा पूर्व तयारी नहुनु स्वभाविक कुरा हो । त्यसैकारण यो महामारी हो । यसमा पूर्वतयारी वा हामीसँग भइरहेका कहीँ पनि मौजुद रहेका सामग्रीहरु वा सामर्थ्यहरु वा औषधिहरु अपर्याप्त हुनु स्वभाविक हो । त्यसैकारण यो महामारी हो । र, यस्तो महामारीका बेला अर्याप्तता हुन्छ, अन्यन्त्र पनि हुन्छ, विकसित देशहरुमा पनि भयो । अस्पतालभन्दा बाहिर पाल टाँगेको हामीले देख्यौं । अक्सिजन नभएर, बेड नभएर, भेन्टिलेटर नभएर, औषधि नभएर, घरैमा तातो पानी खाएर बस भनेर विकसित देशहरुले भन्नुपर्‍यो । शव व्यवस्थापन विकसित राष्ट्रहरुलाई पनि ठूलो समस्याको रुपमा आइपर्‍यो ।

कोभिड सकिए झैं गरेर पछिल्लो अवधिमा राजनीतिक, धार्मिक वा साँस्कृतिक कारणहरुले, देशभित्र र देश बाहिरका कारणले, खुला सीमा भएका कारणले यो फैलियो । र, हामी देख्छौं खुला सिमानाको कारणले जतिबेला हाम्रो छिमेकमा ग्राफ माथि जान्छ, हाम्रोमा पनि ग्राफ माथि जान्छ, उनीहरुको तल झर्‍यो भने हाम्रो पनि तल झर्छ । यी सबै कारणहरु पनि हामीले देखेका छौं । र, हामीले खुला सिामानाबाट मानिसहरु आउने जाने कुरालाई नियमित गर्न खोज्दा गतवर्ष झण्डा लिएर नेपालीहरुलाई घर फर्किन दिनुपर्छ, फर्काउनु पर्छ भन्नेहरु निस्किए । अरु कुरा छैन, लोकप्रिय हुन खोज्ने । कतिपय नेताहरु आफैँ बस व्यवस्थापन गरेर मान्छेहरु ओेसार–पसार गर्न कसिने र कसले रोक्दो रहेछ, हेरौं भनेर कराउने यस्तो स्थिति बन्यो । जनताको जीवन पहिलो कुरा हो । जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो दृष्टिकोण र हाम्रो नीति छ । त्यसलाई पनि होइन भनेर टक्कर दिन खोज्ने, तर्कका लागि तर्क गर्ने खालका प्रवृतिहरु पनि देखा परे ।

जेहोस् हामीले त्यसलाई नियन्त्रण गर्दै लगेका थियौं, फेरि यो दोस्रो वेभ आयो । यस दोस्रो वेभमा विभिन्न प्रकारका न्यू भेरियन्टस् देखा परे । र, हामी त्यसको पनि सामना गर्न, ठूलो मात्रामा चाहिँदा अक्सिजनको कमी भयो । ठूलो मात्रामा एकैचोटी माग भएपछि अक्सिजन सिलिन्डरको कमी भयो । ठूलो मात्रामा ल्याउनु पर्दा ट्याङ्करहरुका कमी भए, ठूलो मात्रामा चाहिंदा आइसीयू बेडहरुका कमी भए । यस्ता कुराहरुलाई हामीले क्रमश समाधान गर्दै गयौं । र, अब सिलिन्डरको समस्या समाधान भएको छ । अब अक्सिजनको लगभग समस्या समाधान भएको छ । भेन्टिलेटरको पनि समस्या छैन र हामी बाहिरबाटै यी चिजहरुको आपुर्ति गरिराखेका छौं । सिलिन्डर प्लेनमा राखेर हामीले ल्यायौं । आकस्मिक रुपमा हामीलाई कठीनाइ बेहोर्नु पर्दा प्लेनमा राखेर ल्यायौं । जसबाट एउटा सिलिन्डरको मूल्य मात्र पनि ५० सौ हजार पर्न गयो । तरपनि जनताको ज्यान जोगाउनु महत्वपूर्ण कुरा भएकोले हामीले त्यस कुरामा ध्यान दियौं । यसले गर्दा लगातार कोरोनाको ग्राफ बढ्ने कुराबाट जाने कुराबाट स्थिरतातिर लागेको छ । हामी ठानिरहेका छौं, केही दिनभित्र त्यसलाई ओरालो लगाउन सक्छौं । यसमा हामीले ध्यान दिन जरुरी छ ।

हाम्रोमा भ्याक्सिन बनेको थिएन, बन्दैन अहिले पनि र हाम्रो जस्तो सानो देशले भ्याक्सिन आफैँ बनाउने कुरातिर लाग्यो भने त्यो धेरै समय लाग्न सक्थ्यो । ठूलो खर्चको विषय पनि बन्न सक्थ्यो । त्यो भन्दा हामीले भ्याक्सिन हाम्रो रिसर्चको क्षमता, हाम्रो साधन स्रोतको क्षमता, हाम्रो तत्सम्बन्धमा भ्याक्सिन उत्पादन गरेका अनुभवहरुको सिमितता जस्ता कुराहरुको कारणले भ्याक्सिजन तत्काल सम्भव थिएन । भ्याक्सिन उत्पादक देश भारत उसले र हामीले सँगसँगै लगाउन सुरु गर्‍यौं । दक्षिण एसियामा भारतपछि पहिलो देश नै हौं, जसले भ्याक्सिनको शुरुवात गर्‍यो ।

हाम्रोमा भ्याक्सिन बनेको थिएन, बन्दैन अहिले पनि र हाम्रो जस्तो सानो देशले भ्याक्सिन आफैँ बनाउने कुरातिर लाग्यो भने त्यो धेरै समय लाग्न सक्थ्यो । ठूलो खर्चको विषय पनि बन्न सक्थ्यो । त्यो भन्दा हामीले भ्याक्सिन हाम्रो रिसर्चको क्षमता, हाम्रो साधन स्रोतको क्षमता, हाम्रो तत्सम्बन्धमा भ्याक्सिन उत्पादन गरेका अनुभवहरुको सिमितता जस्ता कुराहरुको कारणले भ्याक्सिजन तत्काल सम्भव थिएन ।

हामीलाई मित्रराष्ट्र भारतले १० लाख खोप अनुदानमा दियो । मित्र राष्ट्र चीनले ८ लाख खोप अनुदानमा दियो र अरु हामी किन्ने प्र्रयासमा लाग्यौं । २० लाख हामीले भारतबाट ल्याउने गरी भुक्तानी गर्‍यौं । तर १० लाख आउन सक्यो, अरु विभिन्न कारणहरुले त्यहाँ व्यवधान पैदा भयो । केही त मिसन पत्रकारितावाला छन् । जसको काम उपलब्धि देख्दै नदेख्ने, उपलब्धिको चर्चा नै नगर्ने, उपलब्धिको बारेमा चर्चै नगर्ने र कमजोरी कहाँ छ ? त्यो मात्रै चर्चा गर्ने । छैन भने बनावटी कमजोरीको चर्चा गर्ने । अन्तरकुन्तरबाट कहीँ मार्मिक कहानीहरु बनाउने, निकाल्ने गरेका छन् । यस्ता बेलामा स्वभाविक रुपमा मार्मिक स्थिति बन्छ पनि । मानिसहरुको निधन भइराखेको छ । त्यस मार्मिक स्थितिको चित्रण गर्ने । त्यस्तो मार्मिक स्थिति अब आउन नपाओस् भनेर प्रयास गर्ने वा त्यस्ता प्रयासहरुलाई साथ दिने होइन । कि त्यो मार्मिक स्थितिमा त्यसलाई पनि आफ्नो स्वार्थमा प्रयोग गर्ने । त्यो खालका प्रवृति बोकेका केही त छँदैछन् । त्यस्ता तत्वहरु, त्यस्ता शक्तिहरु, त्यस्ता व्यक्तिहरु छँदैछन् ।

हामी अहिले पनि अरु स्वास्थ्य सामग्रीहरु किट्सहरु, मास्क, ग्लोब्स्, पीपीई अथवा अरु स्वास्थ्य सामग्रीहरु, औषधि, सिलिन्डर, अक्सिजन, भेन्टिलेटर, स्क्यान मेसिन लगायतका सामानहरु पुग्ने आवश्यकता त्यसलाई भ्याउने खालको स्थितिसम्म हामी ल्याइरहेका छौं । अब हाम्रो ध्यान फेरि पनि रोग सर्न नपाओस् पहिलो ध्यान त्यसमा । दोस्रो सरिहाल्यो भने त्यसको उपयुक्त उपचार गर्ने र तेस्रो सर्नै नपाओस् भन्नका लागि सकेसम्म छिटो खोपको प्रबन्ध गर्ने प्रयासमा छ सरकार । यसका निम्ति हामी भारतसँग, चीनसँग, संयुक्त राज्य अमेरिकासँग, बेलायतसँग, रुससँग विभिन्न देशहरुसँग कुराकानी गरिरहेका छौं र हाम्रो भ्याक्सिन ल्याउने प्रयास जारी छ । हामी विश्वस्त छौं, निकट भविष्यमा हामी भ्याक्सिन ल्याउँछौं । हामी यस सन्दर्भमा संयुक्त राष्ट्रसंघसँग कुरा गरिराखेका छौं, विश्व बैंकसँग कुरा गरिराखेका छौं । अरु विभिन्न हाम्रा विकासका साझेदारहरु अथवा अन्य यस्ता अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँग पनि कुरा गरिराखेका छौं । हामी सरकारले आफ्ना सम्पूर्ण प्रयास यसमा केन्द्रीत गरेको छ भने निजी क्षेत्रलाई पनि हामीले यस काममा साथै लिएका छौं र सहकार्य गरिराखेका छौं । यसमा म सबैलाई नआत्तिन, यस कठीन परिस्थितिमा, यस परिस्थितिको सामना गर्ने दिशामा सरकारका प्रयासहरुमा साथसाथै अगाडि बढ्न सबैमा आग्रह गर्न चाहन्छु । तपाईंहरु मार्फत सरकारको तर्फबाट गरिएका यी आग्रहहरु आम जनतामा पुग्ने छन् बिना भ्रम भन्ने मलाई लाग्दछ ।
(प्रधानमन्त्री केपी शर्मा ओलीले १० जेठ,२०७८ मा पत्रकारहरुसँगको अन्तर्क्रियामा व्यक्त गरेको विचारको सम्पादित अंश )