काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बोलाइएको छ ।
अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठक पार्टीमा स्पष्टीकरण सोधिएका ११ जना सांसदलाई कारबाही गर्नेबारे छलफल हुनेछ । सम्भवतः आजको बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित विघटित प्रतिनिधिसभाका ११ जना सांसदलाई कारबाही गर्ने तयारी भएको छ ।
नेता नेपाललाई यसअघि पनि कारबाही गरिएको थियो । तर, वार्तामार्फत सहमतिका लागि अग्रसर भएपछि कारबाही फिर्ता लिइएको थियो ।
स्पष्टीकरण सोधिएका नेताहरुमध्ये केहीले जवाफ पठाएका छैनन् ।
बैठकमा बजेटको तयारी र पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।







प्रतिक्रिया