अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन

पूर्वसांसद बस्नेतको कोरोनाका कारण निधन


भोजपुर- भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३:३० बजे निधन भएको उहाँको पारिवारिक स्रोतले जनाएको छ ।

बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बन्नुभएको थियो । उहाँ भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत हुनुहुन्थ्यो ।

पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आउनुभएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहनुभएको थियो । बस्नेतका श्रीमती र दुई छोरा हुनुहुन्छ ।