अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना संक्रमित घट्न अझै एक महिना लाग्छ : स्वास्थ्य मन्त्री त्रिपाठी

कोरोना संक्रमित घट्न अझै एक महिना लाग्छ : स्वास्थ्य मन्त्री त्रिपाठी


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अबको एक महिनामा मात्र कोरोना संक्रमण ओरालो लाग्ने बताउनुभएको छ ।
आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर त्रिपाटीले सो कुरा उल्लेख गर्नुभएको हो ।

करिब महिना दिन अघि देखि निषेधाज्ञा लागु गरेपनि केही सेवाहरु सुचारु भइरहेका कारण पनि कोरोना अपेक्षाकृत रुपमा घट्न नसकेको त्रिपाटीले बताउनुभयो । त्रिपाठीका अनुसार आजसम्म नेपालमा १ लाख१५ हजार ५ सय ४७ जना सक्रिया संक्रमित छन् । कोरोना उपचारका लागि हालसम्म ४५ वटा निजी अस्पतालहरुसँग सम्झौता भएकोले ति अस्पतालहरुमा निशुल्क उपचार हुने त्रिपाठीले बताउनुभयो ।