काठमाडौं- नेकपा एमालेले माधव नेपालसहित ११ जना नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
स्थायी कमिटी सदस्य छविललाल विश्वकर्माका अनुसार अस्ती स्पष्टीकरण सोधिएका ११ नेताहरूलाई कारबाही गरिएको हो । जसमा झलनाथ खनाल, भीम रावल, रामकुमारी झांक्री, मुकुन्द नेउपाने, लक्ष्मी चौधरी, कल्याणी खड्का,सरला यादव, पुष्पा कर्ण, कलिला खातुन,निरा जैरु हुनुहुन्छ ।
विश्वकर्मामा अनुसार उहाँहरूलाई पार्टीको सदस्य वा नेताको हैसियतमा विभिन्न ठाउँमा दिएका जिम्मेवारीबाट पनि स्वत मुक्त गर्ने निर्णय पनि गरिएको छ ।
उहाँहरूलाई अस्ती शनिवारको बैठकमा तीनदिने स्पष्टिकरण सोधिएको थियो । तर, उहाँहरूले स्पष्टिकरण बुझाउनु भएको थिएन ।







प्रतिक्रिया