काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणबाट सोमबार थप १८५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५ सय ३१ पुगेको जनाएको छ ।
सोमबार ७ हजार ४ सय २५ जना संक्रमित थपिएका छन् । १९ हजार ८ सय ४६ पीसीआर परीक्षणबाट ७ हजार २ सय २० जना र ६ सय ७ एन्टिजेन परीक्षणबाट २ सय ५ जना संक्रमित थपिएका हुन् ।
सोमबार ७ हजार १ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै अहिलेसम्म कोरोनाबाट निको हुनेको संख्या ३ लाख ९८ हजार ४ सय ८३ पुगेको छ ।







प्रतिक्रिया