कपिलवस्तु- नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । पाँच दिनअघि गोली प्रहारबाट गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल उपचार गरिएका पाण्डेको सोमबार राति निधन भएको हो । अवस्था थप जटिल बनेपछि उनलाई सोमबार थप उपचार गर्न हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।
पाण्डे र उनीसँगै रहेका भारतीय नागरिक मोहमद इर्साद खानलाई गत बुधबार राति तौलिहवा–जीतपुर सडकखण्डमा मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली प्रहार गरेका थिए । उहाँको पेट र शरीरका विभिन्न भागमा गोली लागेको थियो । प्रहरीले उनीहरुमाथि आक्रमण गरेको आरोपमा २ जनालाई पक्राउ गरिसकेको छ ।







प्रतिक्रिया