काठमाडौं– वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले निजी खर्चमा किनेको अक्सिजन सिलिण्डरमा मात्रै स्टिकर टाँसेको बताउनुभएको छ ।
सिलिन्डरमा स्टिकर टाँसेको भन्दै आलोचना भइरहेकाबेला मन्त्री आलेले व्यक्तिगतरुपमा किनिएको ११० वटा सिलिण्डरमा स्टिकर टाँसिएको बताउनुभयो । ‘१५ वटा स्वास्थ्य मन्त्रालयबाट लिइएको हो, ११० वटा मैले व्यक्तिगत किनेको हुँ,’ उहाँले भन्नुभयो, ‘मैले किनेका सिलिण्डर हो, कसको टाँसिदिनू ?’
आफूले व्यक्तिगतरुपमा लगिएका र मन्त्रालयबाट लगिएका अक्सिजन सिलिन्डर केही डोटी जिल्लामा र बाँकी धनगढी प्रादेशिक सेती अस्पताललाई दिएको उहाँले बताउनुभयो । १ लाख ५० हजार थान मास्क डोटीका स्थानीय तहमा र ५० हजार सेती अस्पतालमा दिएको उहाँको भनाइ छ ।








प्रतिक्रिया