अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावलले हटाउनुभयो भ्रामक ट्वीट

भीम रावलले हटाउनुभयो भ्रामक ट्वीट


काठमाडौं– नेकपा एमालेबाट निष्काशनमा पर्नुभएका नेता भीम रावलले भ्रामक ट्वीट हटाउनुभएको छ ।

नेता रावलले सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याएपछि वीरगञ्जमा भारतीय नागरिकहरुको नागरिकता लिने भीड लागेको भन्दै ट्वीटरमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको यिो । उक्त समाचार भ्रामक भएको भन्दै धेरैले चर्को आलोचनापछि नेता रावलले उक्त ट्वीट नै हटाएका छन् ।

‘वीरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको संख्या ठूलो रहेको समाचार आयो । प्रधानमन्त्री केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई हो की रु नेपाली जनतालाई जवाफ चाहियो । सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं’, उहाँले भन्नुभएको थियो ।

भीम रावलको भ्रामक समाचारप्रति रुष्ट बन्नुभएका जनता समाजावादी पार्टीका सांसद प्रदीप यादवले त्यसको प्रतिवाद गर्नुभएको थियो ।

‘यहाँका स्थानीय प्रशासनले महिनौं देखी निषेधाज्ञा लगाएको छ र यहाँको जिल्ला प्रशासन कार्यालय बन्द हुँदा कुन कार्यालयबाट नागरिकता वितरण भइरहेको छ भीम रावलजी रु तपाई जस्तो बौद्धिकता भएको मान्छेले भ्रम फैलाउँछ भन्ने मलाई लागेको थिएन,’ उहाँको भनाइ छ ।