अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकै परिवारका तीनजना झुण्डिएको अवस्थामा फेला

एकै परिवारका तीनजना झुण्डिएको अवस्थामा फेला


प्यूठान -प्युठानमा आमा र छोराछोरी गरी एकै परिवारका तीन सदस्य रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्युठान नगरपालिका–२ चितीखोला बस्ने अन्दाजी २५ वर्षीया गायत्री सुनार,  पाँच वर्षीया छोरी प्रकृति सुनार र एक वर्षको छोरा सुशान्त सुनार रातामाटाको जंगलमा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका इन्सपेक्टर देवीप्रसाद गैरेका अनुसार उनीहरुको शव सालको रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । ‘घटनास्थलको मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि पठाएर अनुसन्धान कार्य भइरहेको छ,’ गैरेले भन्नुभयो ।

प्रहरीका अनुसार मृतक गायत्रीका  श्रीमान रोजगारीको सिलसिलामा भारतमा रहेको जानकारी स्थानीयले दिएका छन् ।