अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख सापकोटा

पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख सापकोटा


काठमाडौं- प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग परामर्श गर्ने हुनुभएको छ ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा पूर्वसभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लाग्नुभएको हो ।

गत शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग गरेर मध्यावधि चुनावको मिति घोषणा गरेपछि सभामुख सापकोटाले शीर्ष नेताहरु एवं संविधानविद्हरुसँग परामर्श गरी यो कदमको विरोध गर्नुभएको थियो ।

संसद विघटनको विरोध गर्दै १४६ सांसदले सोमबार सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरिसकेका छन् ।