अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीका नाममा प्रणाली कमजोर बनाउने प्रयासः शंकर पोखरेल

केपी ओलीका नाममा प्रणाली कमजोर बनाउने प्रयासः शंकर पोखरेल


 

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केपी ओलीका नाममा प्रणाली कमजोर बनाउने प्रयास भएको बताउनुभएको छ ।

दुई दशकअघि गिरिजाप्रसाद कोइरालाविरुद्धको घेराबन्दी सम्झंदै पोखरेलले समयक्रममा कोइरालालाई जस्तै ओलीको खोजी हुने उल्लेख गर्नुभएको छ । ‘अहिले केपी शर्मा ओलीका विरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका विरुद्धमा केन्द्रित थियो । त्यतिबेला उहाँको तीव्र विरोधसँगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल बन्दै गयो,’ पोखरेलको भनाइ छ, ‘मुलुक बहुआयामिक द्वन्द्वको शिकार बन्न पुग्यो । पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नु पर्‍यो । अहिले नेपाली राजनीति पुनः त्यही बाटो हिड्न लागिरहेको भान भइरहेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीकाविरुद्धमा पार्टी भित्र र बाहिरका शक्तिहरुएक ठाउँ उभिएकाले विकल्प र समाधान दिने अपेक्षा र विश्वास आम मानिसको नभएको पोखरेलको भनाइ छ । ‘बरु प्रमुख नेताहरुको बढ्दो घेराबन्दीले उहाँप्रति नै सर्वसाधारणको सहानुभूति बढ्दो छ । आम मानिसहरुले अहिलेको विवादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र बुझिरहेका छन् । अनि यसबाट अत्तालिएका प्रतिपक्षीहरु विरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन्,’ पोखरेल भन्नुहुन्छ, ‘दलीय अनुशासन र संसदीय प्रणालीका विरुद्धको कदमले अन्ततः व्यवस्थालाई नै कमजोर बनाउने निश्चित छ । त्यस्तो अवस्थामा विगतमा गिरिजाको खोजी भएजस्तै भविष्यमा उत्पन्न हुने संकटको समाधानका लागि केपी शर्मा ओलीको खोजी गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । तसर्थ समयमै आफ्नै इतिहासवाट शिक्षा लेउ र सही बाटोमा अघि बढौं ।’