अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले बोलायो पदाधिकारी बैठक, के छन् छलफलका एजेन्डा ?

कांग्रेसले बोलायो पदाधिकारी बैठक, के छन् छलफलका एजेन्डा ?


काठमाडौं- नेपाली कांग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधबार बिहान ९ बजे बोलाइएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा १४ औं महाधिवेशन तयारीबारे छलफल हुने बताइएको छ ।

गएको शुक्रबार १४९ जनाको हस्ताक्षर लिएर राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्नु भएका देउवा प्रधानमन्त्री नियुक्त हुनु भएको थिएन ।