अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

किसानलाई तत्काल कोरोना खोप उपलब्ध गराउन फोर एच नेपालको माग

किसानलाई तत्काल कोरोना खोप उपलब्ध गराउन फोर एच नेपालको माग


काठमाडौं- फोर एच नेपालले एक वक्तव्य जारी गरी किसानलाई तत्काल कोरानाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । साथै, किसानलाई फ्रन्टलाइन वर्कर तथा कृषिलाई उच्च जोखिमयुक्त क्षेत्र घोषणा गर्न पनि सरकारसँग माग गरिएको छ ।

‘किसानलाई मल र बीउ खरिद गर्न तथा कृषिजन्य सामाग्री बजारसम्म पुर्याउन कठीनाई भएकाले किसानका लागि स्थानीय तहबाटै पासको व्यवस्था गर्न माग गर्दछौँ,’ फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थिद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा असिनापानी तथा खराब मौसमको कारण उत्पादनमा कमी आएको भन्दै तत्काल खाद्यान्न उपलब्ध गराउन तथा किसानलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनका लागि नेपाल सरकारसँग माग गर्दछौँ ।’

विगत वर्षजस्तै यो वर्ष पनि मलको समस्या देखिन सक्ने भन्दै तत्काल किसानलाई मल उपलब्ध गराउने व्यवस्था मिलाउन वक्तव्यमा भनिएको छ । साथै, किसानले लिएको कृषि ऋणलाई सहुलियत दिन र ब्याज तिर्ने समयसिमा बढाउन पनि वक्तव्यमा भनिएको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा किसानका लागि विशेष व्यवस्था गर्न तीनै तहका सरकारसँग माग पनि गरिएको छ ।

कोभिड १९ को दोस्रो भेरियन्टले महामारीको रूप लिएसँगै नेपाल सरकारले गरेको लकडाउनको कारण कृषि व्यवसाय तथा किसानले ठूलो समस्या झेल्दै आइरहेका र कृषि उत्पादन, बजारीकरण तथा उद्यमशिलतामा दिनानुदिन थप नयाँ समस्या तथा चुनौती थपिँदै गइरहेको फोर एच नेपालको ठहर रहेको वक्तव्यमा भनिएको छ ।