अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन : सर्वोच्च

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन : सर्वोच्च


काठमाडौं- सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट नगरेको स्पष्ट पारेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सर्वोच्चले प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो ।

स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सर्वोच्चले सार्वजनिक भएका समाचारमा सत्यता नभएको भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पार्ने पनि बताएको छ ।

सर्वोच्चको विज्ञप्ति :