अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकता अध्यादेशको विरोध गर्ने पाँच नेताको जनकपुरमा पुत्ला जल्यो

नागरिकता अध्यादेशको विरोध गर्ने पाँच नेताको जनकपुरमा पुत्ला जल्यो


धनुषा- जनकपुर मधेसका हजारौं नागरिकताविहीन युवायुवतीले नागरिकता पाउनलाई सहज हुने गरी आएको अध्यादेशको विरोध गरेको भन्दै जनकपुरमा उपेन्द्र यादवसहित पाँच नेताविरुद्ध मुर्दावादको नारा लगाएका छन् ।

युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा नागरिकतासम्बन्धी अध्यादेशको विरोध गर्ने नेताहरू यादव, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,जसपाका नेता बाबुराम भट्टराई र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध नारा लागेको हो ।

युवाहरू जनकपुरको शिवचोकमा अध्यादेशको स्वागतका लागि निकालेको जुलुसमा स्वस्फूर्त नागरिकता अध्यादेशको विरोध गर्ने नेताहरूको नारा लागेको छ । खासगरी आफूलाई मधेसको मसिहा सम्झिने यादव र प्रचण्ड मुर्दावादको नारा जनकपुरमै लाग्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

नागरिकता अध्यादेशको विरोध गरेर यादव र प्रचण्डले मधेसबाट जनमत गुमाउने पूर्वअभ्यास गरेको विष्लेषकहरूले बताएका छन् । युवा संघका केन्द्रीय उपाध्यक्ष सञ्जीवकुमार झाका अनुसार आज जनकपुरबाट सुरू भएको अध्यादेशको स्वागत र नागरिकता विरोधी नेताहरूको पुत्ला दहन गर्ने कार्यक्रम मधेसभरी गरिने छ ।

आजको पुत्ला दहनमा केहीबेर प्रहरीसँग धक्कामुक्का पनि भएको झाले जानकारी दिनुभयो ।