अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद विघटनविरुद्धको रिट : जेठ १३ र १४ गते पेशी तोकियो

संसद विघटनविरुद्धको रिट : जेठ १३ र १४ गते पेशी तोकियो


काठमाडौं- प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका ३० वटा रिटमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटा रिटको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ ।

अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

त्यस्तै, संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भनी निर्णय दिएपछि गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको थियो ।

संसद विघटन असंवैधानिक र धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ जना सांसदले पनि सर्वोच्चमा रिट दर्ता गरेका छन् ।