अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाइ, किराना र डिपार्टमेन्ट स्टोर पनि बन्द

काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाइ, किराना र डिपार्टमेन्ट स्टोर पनि बन्द


काठमाडौं- काठमाडौं उपत्यकामा किराना पसल र डिपार्टमेन्ट स्टोर पनि बन्द गरिने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय गरेका हुन् ।

किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्ने निर्णय जेठ १४ गतेबाट लागु हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो ।

आज काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले निजी र सार्वजनिक निर्माणका कार्य पनि बन्द गर्ने निर्णय गरेको छ ।

बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि यो निर्णय गरिएको हो । साथै, प्रजिअहरूको बैठकले काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।