अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस प्रवक्ता शर्मा कोरोना संक्रमणमुक्त

कांग्रेस प्रवक्ता शर्मा कोरोना संक्रमणमुक्त


काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । कांग्रेस प्रचारप्रसार विभाग प्रमुखसमेत रहनुभएका प्रवक्ता शर्माको सोमबार गरिएको परिक्षणको आज आएको रिपोर्टमा उहाँ कोरोना सङ्क्रमणमुक्त हुनुभएको हो ।

प्रवक्ता शर्माले आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुसँगै सम्पूर्ण परिवार कोरोना सङ्क्रमणमुक्त भएको जानकारी दिनुभएको हो । प्रवक्ता शर्माले कोरोना लागेपनि उच्च मनोवल राखे जित्न सकिने बताउनुभएको छ ।

‘म कोरोनाबाट सजगताका साथ जोगिन अपिल गर्दै सङ्क्रमितलाई उच्च मनोवल राख्न आग्रह गर्दछु,’ उहाँले भन्नुभएको छ ।

प्रवक्ता शर्माले मित्रको शुभेच्छा र चिकित्कसको मार्ग निर्देशनप्रति आभारी भएको बताउनुभयो । काँग्रेस प्रवक्ता शर्माको वैशाख १९ गते स्टार अस्पताल ललितपुरमा गरिएको पिसिआर परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।