अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका १२ नेतालाई आज २४ घण्टे स्पष्टिकरण

एमालेका १२ नेतालाई आज २४ घण्टे स्पष्टिकरण


काठमाडौं -नेकपा एमालेले आज १२ जना नेताहरुलाई स्पष्टिकरण पठाउन लागेको छ ।
स्थायी कमिटीके बैठकले अस्ती १० गते स्पष्टिकरण सोध्ने निर्णय गरे पनि दुई दिन प्रक्रिया अघि बढाएन ।
पार्टी केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामागंका अनुसार आज सुरेन्द्र पाण्डे,घनश्याम भुसाल,सोमप्रसाद पाण्डे लगायतका नेताहरुलाई स्पष्टिकरण पठाइनेछ । स्पष्टिकरण सोधएिकाहरुले २४ घण्टाभित्र त्यसको जवाफ दिनुपर्नेछ ।बैशाख १० गतेको बैठकले माधव नेपाल सहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो । आजको स्पष्टिकरण भाइबरबाट पठाइने तामागंले बताउनुभयो ।