काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्राचार गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीले नेपालीलाई दोस्रो डोजको कोरोना खोप उपलब्ध गराउन भारतीय राष्ट्रपतिलाई पत्राचार गर्नु भएको हो ।
स्रोतका अनुसार राष्ट्रपति निवासबाट मंगलबार परराष्ट्र मन्त्रालयमा पठाइएको सो पत्र आज भारत पठाइएको छ ।
भारतबाहेक अन्य देशका समकक्षीलाई पनि राष्ट्रपति भण्डारीले पत्राचार गर्नु हुने शितलनिवास स्रोतले जनाएको छ ।







प्रतिक्रिया