अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फेरि पार्टी निर्देशनको अवज्ञा

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने माधव गुटको निर्णय

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने माधव गुटको निर्णय


कैलाली- नेकपा एमाले (माधव समूह)को सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारबाट तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको छ । आज बिहान बसेको दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।

साथै, एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता नभए कारबाही गर्ने चेतावनीसहित निर्देशन जारी गरिएको थियो । तर, प्रदेश संसदीय दलले सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् ।