पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञाकाबीच भीड जम्मा पारेर नागरिकता वितरण गरेको समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छ ।
नागरिकतासम्बन्धी अध्यादेश जारीसँगै जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिनेको भीड बढेको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएको थियो । सो भिडियोपछि प्रशासनले विज्ञप्ति जारी गर्दै नागिरकता वितरण कार्य नगरेको स्पष्ट पारेको हो ।
निषेधाज्ञा जारी भएसँगै नगारिकता वितरण कार्य नगरिएको प्रशासनले जनाएको छ ।
‘अत्यावश्यक काम बाहेक अन्य सबै प्रकारका सेवा प्रवाह हाल स्थगन गरिएको अवस्था छ । तसर्थ नागरिकता वितरणको कार्य पनि यस निषेधाज्ञा अवधिमा नगरिएको एंव नभएको व्यहोरा स्पष्ट पारिन्छ । निषेधाज्ञा अवधिमा ठुलो भिडभाड जम्मा गरी धेरै नागरिकता वितरण भएको भनेर केही वर्ष पुरानो भिडियो फुटेजसमेत राखेर सामाजिक सञ्जालमा भएका पोष्ट एंव आएका समाचारहरू आधारहीन, असत्य र कपोल कल्पित भएको कुरा सबैमा जानकारी एंव अनुरोध गरिन्छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केही दिनअघि नेकपा एमालेका नेता भीम रावलले ट्वीटरमार्फत् अफवाह फैलाएपछि यो विषयको चर्चा उत्कृर्षमा पुगेको थियो ।
‘विरगञ्जमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या । रहेको समाचार आयो।प्रम केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई होकिरुनेपाली जनतालाई जवाफ चाहियो । सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौं !,’ रावलले ट्वीटरमा लेख्नुभएको थियो ।
यद्यपि, उहाँले केही समयपछि भने स्टाटस हटाउनुभएको थियो ।
जिल्ला प्रशासन पर्साको विज्ञप्ति :








प्रतिक्रिया